images

भारत भ्रमणमा हिँडेका प्रधानमन्त्रीको बिदाई (फोटोफिचर)

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भ्रमणको क्रममा केहीबेरअघि भारततर्फ लागेका छन् ।
प्रधानमन्त्री दाहाल १:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१७ बाट भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायतले बिदाई गरे ।

बुधबार १७ जेठ २०८० ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया