images

नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई (तस्बिरहरु)

काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका छन्।

सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै महानिरीक्षक धिरजप्रताप सिंहसँगै उनी सिंहदबार पुगेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले कुँवरलाई बधाई दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शुक्रबार​ १० चैत २०७९ ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया