images

नेपाली फिल्म ‘डिग्री माइला’ जापानको ओसाकामा प्रर्दशन हुँदैं

जापान। वर्षकै प्रतीक्षित फिल्म ‘डिग्री माइला’ आगामी मे ३ तारिक शुक्रबार जापानको ओसाकामा प्रदर्शनमा आउँदैछ । ओसाका, कोबे र क्योतोमा भने माईला गाइज समुहले प्रर्दशनको आधिकारीकता पाएको माईला गाईजका विकास अधिकारीले जानकारी दिनुभयो ।

फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको र ओसाकामा रहेका नेपाली किराना पसल तथा रेष्टुरेन्टहरुबाट बिक्रि वितरण भैरहेको बताईएको छ । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित फिल्म हो ।

फिल्मको मुख्य भूमिकामा दयाहाङसहित आँचल शर्मा, पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे छन् । फिल्म डिग्री माइला पटकथा लेखन संगै निर्देशिन पनिदरामबाबु गुरुङकै रहेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारीको कथालाई पस्किएको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले काठमाडौंमा मात्र नभइ देशैभर राम्रो व्यापार गरिरहेको छ ।

सोमबार १० बैशाख २०८१ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया