images

प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, प्रतिपक्षीदलप्रति सत्ता गठबन्धन सतर्क 


काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशन संचालन र अर्थमन्त्रालयसँग सम्बन्धितभन्सारको महसुलसम्बन्धिविधेयककाविषयमा राजनीतिकदलकाप्रमुख सचेतकसँग छलफल गरेका छन् । 
बिहीबार सिंदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरीव्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतकहितराज पाण्डेले बताए । 
एमाले सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमाप्रमुखप्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए । 
उनले भने, ‘प्रमुखप्रतिपक्षी दल नेपालीकांग्रेसले विभिन्नमागहरु राख्दै सदनअवरोध गर्दै आएको छ । यो मागलाई भोलिको बैठकमा कसरी राख्छ भन्ने विषयमा छलफल भएको छ । आम रुपमाभोलिको बैठकलाई कसरीव्यवस्थापनसँग सम्बन्धितकुनैपनिकार्यसूची नराख्ने र शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने कार्यसूची राख्ने निर्णय भएको छ ।’
अन्यकुनै कार्यसूचीनभएका कारण भोलिको बैठकमा कांग्रेसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । 
यद्यपिकांग्रेसकाप्रमुख सचेतक रमेश लेखकले छलफलकै क्रममा ‘बैठक सुरु भएपछि बताउँछौं’ भन्ने खालको प्रतिक्रियादिएको उनको उल्लेख गरे । 
 

बिहीबार २७ बैशाख २०८१ १०:०० PM मा प्रकाशित

प्रतिक्रिया