देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ

 काठमाडौँ - देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका ३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका ७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।