खाना पकाउने सिलिन्डर ग्यासको खपत घट्यो

काठमाडौं- नेपाल आयल निगमले निकालेको तथ्यांकअनुसार पछिल्लो सात महिनामा प्रत्येक महिना डेढ लाखका दरले ग्यास सिलिन्डर खपत घटेको छ।

गत वर्ष सात महिनाको दाँजोमा यो वर्ष ७ लाख २० हजार ग्यास सिलिन्डर खपत घटेको हो। २०७८ साउनदेखि माघसम्म २ करोड १८ लाख २४ हजार ९ सय ३६ सिलिन्डर बिक्री भएकोमा यो वर्ष (२०७९) साउनदेखि माघसम्म २ करोड ७ लाख  २० हजारमात्र ग्यास सिलिन्डर बिक्री भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए।

गत वर्षको तुलनामा पछिल्लो सात महिनाभित्र ११ लाख ४ हजार सिलिन्डर कम भएको देखिन्छ। मासिक १ लाख ५० हजार सिलिन्डर प्रयोग कम भएको निगमका प्रवक्ता कार्कीको भनाइ छ।
यो घाटा फागुन १७ देखि झनै बढेर ६ सय ३५ रुपैयाँ ५० पैसा पुगेको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि ग्यासको मूल्य भने बढेर आएको छ। मूल्य समायोजन गर्दा प्रतिसिलिन्डर ६ सय ३५ रुपैयाँ ५० पैसा घाटा बेहोरेर निगमले बेचिरहेको हो।

प्रत्येक महिना १ लाख ५० हजार सिलिन्डर खपत घट्दा पनि अघिल्लो  महिनासम्मको घाटा हेर्दा (३ सय ३९ रुपैयाा ६ पैसा) का आधारमा प्रतिमहिना ५ करोड ९४ हजार र सात महिनामा ३५ करोड ६५ लाख ८० हजार बचत भएको देखिन्छ।

ग्यास सिलिन्डर प्रयोग घट्नुमा विद्युतीय चुल्हो प्रयोग बढेको नभई आर्थिक मन्दीको असर परेको बताएका छन् । 

कोभिड संक्रमणपछिको अवस्थामा आर्थिक मन्दी आएको र उपभोक्तामा अघिल्लो वर्षजस्तो खर्च गर्नसक्ने क्षमता घटेका कारण ग्यास सिलिन्डर खपत घटेको दाबी अध्यक्ष मल्लीको छ।

बजारमा पैसा अभाव भएपछि होटल तथा रेस्टुरेन्ट पहिलाको तुलनामा चल्न नसक्दा  धेरैभन्दा धेरै सिलिन्डर प्रयोग हुने ठाउँबाटै माग कम आएको संघको भनाइ छ।