उडानमा हेलचेक्र्याइँ गरेपछि पोखरा–जोमसोम रुटका दुई पाइलट कारबाहीमा

काठमाण्डौँ - नियम तोडेको आरोपमा पोखरा–जोमसोम रुटका दुई पाइलट कारबाहीमा परेका छन् । बादलभित्र उडान गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ।

उनीहरूलाई अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको स्रोतले जनाएको छ । प्राधिकरणले दृश्यात्मक उडान (भीएफआर)मा बादलभित्र उडान गर्ने दुई पाइलटलाई निलम्बन गरेको कुरा भने गोप्य राखेको छ । तर, यसबारे थप छानबिन गरिरहेको प्राधिकरण स्रोतको भनाइ छ।