नेपाली राजदूतावासको ओसाकामा घुम्ती शिविर हुदैं ।

ओसाका, जापान। नेपाली राजदुतावास जापान र गैरआवसीय नेपाली संघ एनआरएनए तथा एनआरएनए कान्साई जापानको सहकार्यमा घुम्ती शिविर ओसाकामा हुने भएको छ ।

घुम्ती शिविरमा राहदानी नविकरण, हराएको, नासिएको, पाना सकिएको तथा अन्य कारणले प्रयोग गर्न नमिल्ने राहदानी बनाउन, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गर्ने एनआरएनए कान्साईका उपसंयोजक टिआर गौडेलले जानकारी दिनु भयो । शिविर फागुन ५, ६, ७ र ८ गते (फेब्रुअरी १७, १८, १९ र २० तारीख) सम्म संचालन हुने दूतावासले जनाएको छ।