राति फोहोर फाल्ने १९ जनालाई महानगरको कारबाही, एक हजारदेखि पाँच हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमुनि फोहोर फाल्ने १७ जनालाई कारबाही गरेको छ । महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने कोटेश्वरको आकाशे पुलमुनि फोहोर फाल्न आएका उनीहरुलाई राति नै पक्राउ गरी कारबाही गरिएको हो ।

कारबाहीस्वरुप महानगरले ती व्यक्तिलाई जनही एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना असुल गरेको छ । आकाशे पुलमुनि फोहोर भएको गुनासो लामो समयदेखि आइरहेकाले राति महानगर प्रहरी खटाएर निगरानी गरिएको महानगरले जनाएको छ ।

maha-1694500601.jpg