images

राष्ट्रपति निर्वाचनको तयारी पूरा (फोटोफिचर)

काठमाडौं - बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो।

नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ। राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

बुधबार २४ फागुन २०७९ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया