images

यसरी मनाइयो होली (तस्बिरहरु)

काठमाडौं - फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासपूर्व मनाइएको छ ।

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ता अघि देखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस पर्वका अवसरमा सोमबार काठमाडौँको बसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी बिसर्जन गरेका छन् ।

सोमबार २२ फागुन २०७९ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया