images

तेस्रो बिएफसी लालिगुँरास कपको उपाधी बेनी एफ सीलाई    

  
 ओसाका, जापान । बेन्तेन्च्यो क्लबले आयोजना गरेको तेस्रो बिएफसी लालीगुँरास कप २०२३(२०८०)को उपाधी बेनी एफसीले हात पारेको छ, उपविजेता केआईईसी ईगल्स ओसाकालाई २-१ ले पछी पार्दै उपाधी लिन सफल भएको हो । जापानको ओसाकामा सम्पन्न भएको उक्त कपमा बेनी एफसीका आशिक गुरुङको निर्णायक गोलले जित हात पारेको थियो ।

केआईईसी ईगल्सका खेलाडी विवेक बस्नेतको प्रयासमा एक गोल गर्न सफल भए पनि उपाधी चुम्न भने सकेन । सेप्टेम्बर ३० शनिबार आयेजाना भएको खेलमा जापानका करिब २८ ओटा फुटबल कल्बले प्रतिस्पर्धा गरेको आयोजक टोलीका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।  

जापानको कान्साईमा पहिलो पटक ठूलो पुरस्कार राशीको फुटसल कप आयोजना भएको संयाजक श्रेष्ठले बताउनु भयो । उक्त कपमा उपाधी चुम्ने बेनी एफसीलाई ४ लाख जापानीयन र  उपविजेतालाई २ लाख जापानीयन शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिएको थियो।

उक्त कपमा उत्कृष्ट गोल रक्षक बेनी एफसीका राजु तामाङ, सर्वाधिक गोलकर्ता बेनी एफसीकै साजन प्रधान र उत्कृष्ट खेलाडी योदोगावा एफसीका विष्णु लामाले हात पार्नु भएको थियो, उक्त उपाधी प्राप्त गर्ने खेलाडीहरुलाई  ट्रफि, मेडल र प्रामाणपत्रले सम्मान गरेको थियो ।

सोमबार १५ असोज २०८० ०५:२६ AM मा प्रकाशित

प्रतिक्रिया