योक्काईची क्लबले दोस्रो सन्तोष मेमोरियल फुटसल प्रतियोगिता २०२३, आयोजना गर्दै 

ओसाका, जापान । योक्काईची क्लबले दोस्रो सन्तोष मेमोरियल फुटसल प्रतियोगिता २०२३ आयोजना गर्ने भएको छ । योक्काईची फ्रेन्डसीप क्लब मियकेन जापानले आयोजना गर्ने सो कप तोखाई क्षेत्रको हाल सम्मकै ठूलो पुरस्कार राशीको रहेको क्लबका म्यानेजर रामकुमार बस्नेतले जानकारी दिनुभयो । जापानको मियकेनमा रहेर नेपाली समुदायलाई निकै सहयोग गर्नु भएको  समाजसेवी स्वर्गाय सन्तोष खड्काको सम्झनामा हरेक वर्ष आयोजना गर्दै आएको प्रगियोगिता यो वर्ष पनि आयोजना हुने बस्नेतले जानकारी दिनुभयो  । जापानमा रहेका करिब २४ वटा नेपाली समुदायका फुटबल क्लबहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता निकै रोमाञ्चक हुने भएको छ  । प्रथम हुने टिमलाई ५ लाख २१ हजार १११  जापानी यन नगदसहित कप, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ जापानी यन नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने बताईएको छ । सहभागिताको लागि टिम दर्ता गर्न ४५ हजार जापानी यन  तोकिएको म्यानेजर बस्नेतले जानकारी दिनु भयो । 
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको क्लबले प्रवासमा रहेरपनि खेल प्रवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाई राख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको पनि बस्नेतले बताउनु भयो । साथै यस प्रतियोगिताबाट बचत भएको रकमले स्वर्गीय खड्काको घर नजिकै रहेको कास्की। पोखरा बाटुलेचौरको ओम शिव शक्ती कल्याण केन्द्र बालआश्रमका एक विद्यार्थी लाई अध्ययन लागि छात्रवृती प्रदान गरिने पनि जानकारी दिनभयो ।