काठमाडौं । सिद्धार्थ बैंक नेपालप्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथालुम्बिनीइन्स्योरेन्स कम्पनिलिमिटेड (सलिको) बीचप्रायोजन सम्झौताभएको छ । सलिको र रोयल्सबीचइन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौताभएको हो । सम्झौतापत्रमा रोयल्सकाप्रमुखकार्यकारी अधिकृत प्रकाशखड्का र सलिकोका प्रम्कुखकार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदाखुसीव्यक्त गरे । ’सलिकोको विश्वास र भरपर्दो प्रतिवद्धताहाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमामात्रहोइन, हाम्रो भविष्यलाई पनि सुरक्षितबनाउनमद्दतपुर्याउँछ । हामीएक साथमिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँउचाइमापुर्याउने एक बलियो र विजयी साझेदारी निर्माणगर्दैछौं,’उनले भने । सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरणसिर्जना गर्न यो सहकार्य गरिएकोमा जोड दिए । ’हामीले टिमको हरेक सदस्यको विमाव्यवस्था गरेका छौं । यसले खेलाडीहरु निर्धक्क रुपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएरका छौं । यस सहकार्यलाई हामीले सुरुवातको रुपमालिएकाछौं र आउने दिनमादयारा अझ फराकिलो हुँदै जानेछ,’उनले थपे ।
सुदूरपश्चिम रोयल्सले यसअघिएसपीएलाई एजुकेसन पार्टनर, मेडिकलपार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभलपार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकमपार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थपार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमाभित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयटकाठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौतापनि गरिसकेको छ । क्यानकोआयोजनामा ८ टोलीको सहभागितामामंसिर १५ देखि पुस ६ गते सम्म एनपिएलहुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमाकीर्तिमानीअलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाकाब्राडहजतथामुख्यप्रशिक्षक राष्ट्रियटोलीकापूर्व प्रशिक्षक जगत टमाटाछन् ।
प्रतिक्रिया