नेपालमा लगानिको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

ओसाका जापान ।  “नेपालमा लगानिको अवसर र चुनौती विषयक अन्तरक्रिया” ओसाकामा सम्पन्न भएको छ । जापानमा विभिन्न पेशा तथा व्यवसाय गरेर बसिरहेका नेपालीहरु बिच भएको सो कार्यक्रममा वक्ताको रुपमा होक्काइदो नेपाल बिजिनेश ग्रुपका र देक्काइदो ओन्सेन एण्ड रिजोर्ट नेपालका चेयरमेन तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवं गैरआवासीय नेपाली संघ विदेश बिभाग प्रमुख अर्जुन अधिकारी रहनु भएको थियो ।

लामो समय जापानमा व्यवसाय गरेर नेपालमा पनि व्यवसाय गरिरहनु भएका अधिकारीले आफु्ले व्यवसाय गर्दा जापानको अनुभव सिकाई र नेपालको भोगाई हालको परिवेश उद्यम, उद्योग लगानीको यथार्थ चित्रण लगायतको बिषयमा आफ्नो अनुभव साटनु भएको थियो ।

जापानमा लामो समय होक्काईदोमा व्यवसाय गर्नू भएका अधिकारीले नेपालमा पनि जापानी खाना तथा रेस्टुरेन्ट व्यवसाय गर्दै आउनु भएको छ । पछिल्लो समय नेपालमा अधिभकारीको व्यवस्थापनमा  संचालन भएको देक्काइदो ओन्सेन एण्ड रिजोर्ट, होक्काइदो रामेन लगायतका जापानको हस्पिटालिटीलाई प्रतिनिधित्त्व गर्ने  व्यवसायले नेपालीहरु माझ राष्ट्रिय तथा  अन्तरराष्ट्रिय दुवै हिसाबले राम्रो छाप छोड्न सफल भएको छ । 


नेपालको विविध राजनीतिक उतारचढाब,  कोरोना महामारीको बाबजुद पनि जापानबाट जापानि लगानीकर्ताहरुलाई उल्लेख्य रुपमा नेपालको लगानीमा सहभागी गराउँदै अगाडी बढ्नु भएको छ। अन्तरक्रियात्मक ढंगले भएको कार्यक्रममा उपस्थित सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्दै नेपालमा हाल देखीएको  परिस्थितिले स्वदेशमा र बिदेशमा रहने सबैलाई नैरास्यता हुन सक्छ तर अब हामिसंग अगाडी बढ्नु बाहेक बिकल्प नभएकोले परिबर्तन अवस्य हुन्छ र पक्कै पनि केहि बर्षको तुलनामा सामाजिक या राजनीतिक वृत बाट पनि  केहि आशाहरु देखिन थालेकोले धेरै ठुलोबाट भन्दा पनि समुहगत रुपमा सानो सानो लगानीबाट भएपनि मातृभूमिमा केहि शुरुवात गर्न अभिप्रेरित गर्नु भएको थियो ।    


गैर आवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा भएको सो कार्यक्रमलाई एनआरएनए जापानका पूर्व सल्लाहकार नरेन्द्र बस्नेतले सहजीकरण गर्नू भएको थियो । कार्यक्रममा एनआरएनए जापानका का उपाध्यक्ष कृष्ण गैरे, पूर्व उपाध्यक्ष महेश कुमार कटुवाल, एनआरएनएका कान्साईका उपसंयोजक टिआर गौडेल, भीम काउछा, समाजसेवी तथा व्यवसायी आत्माराम गैरे, हरिराज ढकाल ,टिकाराम कंडेल युवा व्यवसायी विकास अधिकारी लगायत कान्साइको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।