images

नेसाज जापानको २०औँ राष्ट्रिय अधिवेशन ओसाकामा हुदैं 

ओसाका, जापान । अध्ययनको सिलसिलामा जापानमा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज जापान, नेसाजको २० औँ राष्ट्रिय अधिवेशन ओसाकामा हुने भएको छ । सन् १९९७ स्थापना भई समाजले स्थापना कालदेखीनै जापानमा अध्ययनरत नेपाली  विद्यार्थीहरूको प्रतिभा उजागर संगै विभिन्न समस्या तथा समाधानमा कार्य गर्दै आईरहेको छ ।

समाजले "विद्यार्थीहरूको लागि विद्यार्थी" भन्ने मुल नाराका साथ अधिवेसनको तयारी गरेको हो । समाजले शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाजलाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण भुसालले जानकारी दिनुभयो । 


अधिवेशन ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टरमा  जनवरी २८ तारिख आइतबार हुन लागेको अधिवेशन तयारी समितिका संयोजक विकास अधिकारीले जानकारी दिनु भयो । नेसाजले जापानमा रहेको दूतावास तथा एनआरएनए लगायत संघसस्थासँग समन्वय गर्दै  आइरहेको  छ ।

जापानमा विद्यार्थीका रुपमा आई अध्ययनपछि विभिन्न पेसा व्यवसाय गर्दै आईरहेका नेपालीहरु साथै अध्ययनका लागि हाल जापानमा रहेको नेपाली विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहने कार्यक्रम संयोजक अधिकारीले बताउनु भयो ।  

शुक्रबार​ १२ माघ २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया