images

७ हजार घुससहित बाँकेका सहायक वन अधिकृत पार्दे पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 
काठ चिरानको सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो ।
टोलीले घुस लिएको ७ हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
उनीसँग श्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँसमेत गरी जम्मा ५२ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिएको हो । आयोगले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ । 
 

शुक्रबार​ १२ माघ २०८० ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया