images

होलीमा समातिएका एक सय पाँच जना मुक्त, अरुको छानविन हुँदै

काठमाडौं । होली पर्वमा अनुशासन र मर्यादा उलंघन गरेको दोषमा पक्राउ गरिएका एक सय पाँच जना व्यक्तिलाई प्रहरीले मुक्त गरिदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार पहिलो दिनको होलीमा दुई सय ७७ जना पक्राउ परेका थिए । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । 
फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएकोमा उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईपाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सातवटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।
 

सोमबार १२ चैत २०८० ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया