images

अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस सम्पन्न

फागुन १३, काठमाडौं ।  अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित बौद्धस्थित अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।

युवा साहित्यकार एवं समीक्षक महेश पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने सोही अवसरमा अरुणिमा स्मारिका—७ को लोर्कापण पनि गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले बालसाहित्यको सिर्जना तथा विकाससँग सम्बन्धित् भएर अरुणिमासँग धेरै क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो । विद्यालय सञ्चालक समितिका सदस्य केशवप्रसाद जोशीले स्वागत गर्नुभएको कार्यक्रममा खेमराज ढकालले अतिरिक्त क्रियाकलाप तथा सहायक प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयका शैक्षिक गतिविधिहरूको विस्तृत प्रतिवेदन पेश गर्नुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष एवं त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले विद्यालयले अब प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभयो । अरुणिमा अल्म्नाई एसोसिएसनका अध्यक्ष जितेन्द्र श्रेष्ठले शैक्षिक अवसरबाट वन्चित अझ धेरै बालबालिकाहरूलाई समेट्नका लागि अरुणिमा परोपकार प्रतिष्ठानमा सहभागी हुन आग्रह गर्नुभयो । कार्यव्रmमका सभाध्यक्ष समेत रहनु भएका समाजसेवी भीमानन्द ढुङ्गानाले ३९ वर्षको इतिहासमा प्रतिष्ठानले राष्ट्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान दिएको बताउनुभयो । मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरुणिमा माध्यमिक विद्यालय राजधानीकै स्थापित शैक्षिक केन्द्र मानिन्छ । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत बौद्धमा अरुणिमा माध्यमिक विद्यालय, महाकांलमा अरुणिमा शिक्षा सदन र गोकर्णेश्वर आरुबारीमा नव अरुणिमा माध्यमिक विद्यालय सञ्चालित छन् । प्रतिष्ठान मातहत सञ्चालित सबै विद्यालयले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेका कारण अभिभावहरूको मन जितेको कार्यकारी प्रिन्सिपल ईश्वरी लामिाछाने बताउनुहुन्छ ।

आइतबार​ १३ फागुन २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया