images

जीतपुरसिमरा क्रिकेट कपको उपाधिकालागिमकवानपुर र पर्सा भिड्दै

बारा ।जीतपुरसिमरा क्रिकेट कपप्रतियोगिताको उपाधिकालागिआजमकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमाशुक्रवार भैरहवालाई पराजितगर्दै मकवानपुर फाइनलमाप्रवेश गरेको हो । पर्सा समूह ‘ए’ को विजेताको रुपमाफाइनलप्रवेश गरिसकेको छ । पर्साले आयोजकजीतपुरसिमरा स्पोर्टस् क्लब७७ रन र कलैया क्रिकेट क्लबलाई पाँचविकेटले पराजित गरेको थियो । यता समूह चरणको पहिलो खेलमाजनकपुरमाथि ३१ रनको जीतनिकालेको मकवानपुरले दोस्रो जीतदर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो । मकवानपुरका लागितक्षकसिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौकाप्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशालफुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलालगुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीनविकेट लिएभने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हातपारे । रनरेटका आधारमा फाइनलमापुग्नमकवानपुरले दिएको १४९ रनको लक्ष्य १४।५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमाउत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफलभयो ।  भैरहवाका रोशनलालगुप्ताले २८, प्रज्वलथापाले २१, प्रकाशगिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुशशर्मा र बिशालफुयालले समान २–२, समिर चौलागाई र अशिमश्रेष्ठले १–१ विकेट हातपारे । भैरहवाले १४.५ ओरभमालक्ष्यप्राप्त गरेको भए रनरेटका आधारमा समूहविजेताबन्दै फाइनलमाप्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशनअन्तिमदुईमा प्रवेश गर्ने थियो ।  समूह ‘बी’ को यसअघिका खेलमामकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजितगर्दै समान २–२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनलपुग्ने टोलीको टुंगो लागेको हो । खेलको प्लेयर अफदिम्याचमकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाकानगर उपप्रमुखभोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए । अभियाननेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमाआयोजितप्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगदप्राप्त गर्नेछन् ।
 

शनिबार १० चैत २०८० ०९:५२ AM मा प्रकाशित

प्रतिक्रिया