images

पार्टीसँग जोडेर खुलेका फेक आइडीप्रति एमाले कानुनी प्रक्रियामा जाने

४ असोज, काठमाडौं । नेकपा एमालेले पार्टीको नाम, लोगो, झण्डा र नेताहरुको नाम जोडेर चलेका सामाजिक सञ्जाल एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सूचना जारी गर्दै सम्पर्कमा नआए आवश्यक कानूनी कार्बाही गर्ने चेतावनी दिएका छन् । ‘अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरुका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार ४ असोज २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया