प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ जारी

काठमाडौँ - प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी छ ।

संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्नेछ ।

प्रस्तावित श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।