images

यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा तोकेको छ। शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो । 
आजयुरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसामा झरेको छ।शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ । 
 

आइतबार​ ९ बैशाख २०८१ ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया