नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न,

जापान, ओसाका नेपाली राजदुतावास जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा एनआरएनए क्षत्रिय समिती कान्साईको व्यवस्थापन सहित आयोजना भएको घुम्ति सेवा शिविर जापानको ओसाकामा सम्पन्न भयको छ । शिविर फागुन ५, ६ र ७ गते (फेब्रुअरी १७, १८ र १९ तारीख) सम्म चारदिन ओसाकामा संचालन भएको थियो ।

घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको थियो ।

शिविरबाट राहदानी नविकरण गर्ने सेवाग्राही ७१५ जना, वारीसनामा ३ जना,कागजात प्रमाणिकरण १० जना, मन्जुरिनामा २ जना, यात्रा अनुपति पत्र ६ जना जापानमा जन्मिएको बच्चाको नयाँ राहदानी ५५ जना र अन्य कन्सुलर सेवाका सेवाग्राहीहरु १० जना गरि करिब ८०० जनाले सेवा प्राप्त गर्नु भएको र उक्त घुम्ती शिबिरबाट १ करोड ३० लाख हाराहारिमा राजस्व संकलन भएको दूतावासले जानकारी दिएको छ ।

सेवा लिन टोकियो जादाआउँदा व्यहोर्नुपर्ने झन्झटबाट मुक्त हुँदा सेवाग्राहिहरुलाई निकै सहज भएको एनआरएनए कान्साईका उपसंयोजक टिआर गौडेलले बताउनु भयो ।