images

आशाजनक स्टार्टअपहरूमा न्यू भेन्चर्सले १०० मिलियन डलरसम्म लगानी गर्ने

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभलेआशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँउद्यमतथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ। न्यू भेन्चर्सकोभाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएकाअनुभवीउद्यमी र लगानीव्यवसायी एन्ड्रिज स्मिथकोनेतृत्वमा यो लगानीहुने भएको हो ।
न्यू भेन्चर्सको लगानीतिव्र वृद्धि र सकरात्मक सामुदायिकप्रभावमा केन्द्रित रहनेछ जसको निम्नलगानी मापदण्डहरू रहेका छन्ः


●त्यस्तो मिशनजसले अन्यायलाई चुनौती दिन्छर व्यक्तिएवम् समुदायको जीवनमा सुधार गर्दछ
●विश्वव्यापीविस्तारको सम्भावनाभएका स्थानीय स्टार्टअपहरू
●पोस्ट–सीड÷प्रि–सिरिजएकम्पनीहरू– प्रमाणित उत्पादनबजार फिट भएका
● द्रुत अर्गानिक वृद्धि
●हेल्दीइकोनोमिक्स एन्ड क्यास फ्लो 
इनड्राइभको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथलेभन्नुभयोः “कुनै समयको अन्डरडग र अहिलेकोविश्वव्यापीकम्पनी—इनड्राइभपक्कै पनिउदीयमानलगानीकर्ता हो जसले अन्यायलाई चुनौतीदिने आफ्नो मिशनमा प्रतिबद्ध रहँदै द्रुत रुपमाविश्वव्यापी वृद्धि हासिलगरिरहेको छ। मानिसहरूको जीवनमा सुधार गर्ने किसिमकाआविष्कारहरु गर्ने उदीयमानकम्पनीहरूमालगानीगर्दै इनड्राइभले सफल तर बेवास्तागरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौतीदिने आफ्नो प्रतिबद्धतालाई अझबलियो बनाउने लक्ष्यलिएको छ। उदीयमानबजारहरूमाआफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामापूँजीबजारमान्यूनपहुँचभएका यस्ता कम्पनीहरुमालगानी गर्न खोजेको हो ।
उज्ज्वलभविष्यको लागि योगदानदिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउनचाहने अन्यनयाँ स्टार्टअपहरुलाई सक्षमबनाउने इन्ड्राइभको लक्ष्यहासिल गर्नको लागिमेरो आफ्नै उद्यमनिर्माण र लगानीअनुभवलाईप्रयोग गर्न पाउँदा म उत्साहित छु।”
इनड्राइभकोयो न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफुले अक्वाएर गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्म मार्फत तिब्रगतिमा बढाउन केन्द्रित छ। यीकम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमाविश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टू–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमाआफ्नो बलियो उपस्थितीबनाउनयीकम्पनीहरु सक्षमहुनेछन् । 
एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिकानिभाएका छन् । जसमामोर्गन स्टेनली र एभिभालगायतप्रमुखकर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ। उनले युरोप, मध्यपूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्रकर्पोरेट उद्यमनिर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफलउद्यमहरू पनिनिर्माण गरेका छन् ।
इनड्राइभकाप्रेजिडेन्टमार्क लक्रिनले भन्नुभयोः“न्यू भेन्चर्सको मुख्यमिसनभनेको परम्परागतइनोभेसन हबहरूभन्दाबाहिरका र बेवास्तागरिएकातर उच्च वृद्धिको सम्भावनाभएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मकप्रभाव बढाउनको लागितिनीहरूको विस्तारमा सहयोग गर्नु हो। एन्ड्रिजसँग कर्पोरेट र उद्यमनिर्माण अनुभवको एक अद्वितीयमिश्रण छ जसले गर्दा उनी न्यू भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन् ।उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानीलक्ष्यहरू हासिलगर्न मद्दत गर्नेछ भन्ने कुरामाहामीविश्वस्त छौँ ।”
थप जानकारीका लागि www.inDrive.com हेर्नुहोस्
न्यू भेन्चर्सको बारेमा थप जानकारीका लागि https://ventures.indrive.com/रहेर्नुहोस्

सोमबार ४ मंसिर २०८० ०७:१४ PM मा प्रकाशित

प्रतिक्रिया