आजको मौसम : देशभरको मौसम बदली, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।