१५ वर्षीया बालिकाको पेटमा बच्चा, सामूहिक बलात्कार भएको आशंका 

 काठमाण्डौँ - डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका–५ का २७ वर्षीया धर्मराज बोहारा, सल्यान कुमाख गाउँपालिका–५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका–९ का २१ वर्षीया कृष्ण विक छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार सो घटनामा पक्राउ परेका तीन जनासहित ९ जनाविरुद्ध उजुरी परेको छ ।

घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएका थिए । बलात्कृत बालिकाको पेटमा बच्चा समेत रहेको प्रहरीले जनाएको छ ।