काठमाडौंका यी स्थानमा आज ५ घण्टा विद्युत अवरुद्ध हुने

 काठमाडौँ - आज शनिबार काठमाडौंका विभिन्न स्थानमा ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सब स्टेसनमा चार्जको कार्य भइरहेकाले विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले निर्धारित समयअघि नै काम सकिए लाइन सुचारू गरिने जनाएको छ ।