images

वीरगंजमा कफ्र्यु, रौतहटको इशनाथ घटनाका विषयमा तनाव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा अनिश्चितकालीन कफ्र्यु लगाएको छ । गत बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा मूर्ति विसर्जनका विषयमा भएको झडपको घटनालाई लिएर शनिबार वीरगंजमा प्रदर्शन भएको थियो । उक्त विरोध जुलुसका क्रममा झडपको स्थिति आएको भन्दै शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो । वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) तोकेर कफ्र्यु प्रमुख जिल्ला अधिकारी दीनेशसागर भुसालले कफ्र्यु आदेश जारी गरेका हुन् ।  उक्त क्षेत्र भित्र आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने प्रशासनको सूचनामा छ । अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कफर्यू आदेश जारी गरिएको हो । 

सोमबार ७ फागुन २०८० ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया