images

‘दालभातको स्वाद कुनै परिकारले बिर्साउन्न’

पोखरा । रोहिणी राणाले हालसालै ‘द नेपाल कुकबुक’ पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारको पाक कला समावेश  छ । रोहिणीको यो दोस्रो पुस्तक हो । यस अगावै रोहिणीले अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ पुस्तक ल्याएकी थिइन् । पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो । १ सय ४० प्रकारका खानाका परिकारबारे पुस्तक लेख्ने उनलाई बाल्यकालमा भने पाककलाबारे कुनै ज्ञान थिएन । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा सोमबार उनै लेखक रोहिणीसँगै पूर्व बैंकर अनिकेशरी शाह नेपाली परम्परागत स्वादबारे गफिए । संवादमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेखेको सुनाइन ।  भारतको आग्रामा जन्मिएकी रोहिणीको होटलमा हिन्दी, कन्टिनेन्टल लगायत कुकले खानाको परिकार पकाइरहेको देखेकी थिइन् । उनले पकाउने रुची भएपनि सिक्ने कष्ट बाल्यकालमा कहिल्यै गरिनन् । जब कलेजको पढाइ सकिने बेला भयो उनको बिहेको कुरा छिनियो त्यो पनि नेपालको राणा खानदानमा । खाना पकाउने लगायत घरधन्दा उनलाई नआउने भएकै कारण विहे र इंगजमेन्टबीचको समय ८ महिना राखियो । ‘विहेको कुरा छिनिएपछि आमाले भन्नुभो यसले घरको कला, सीप केही पनि जानेको छैन । ८ महिना विहे र इंगेजमेन्टको बीचको पिरयडमा पाक कलामा ट्रेनिङ भयो । भाउजुले मलाई सिकाउने ड्युटी पाउनुभो । त्यतिबेला अलि अलि सिके’, रोहिणी फ्ल्यासब्याक सुनिइन् । गौरवशमशेर राणासँग विहे भएर नेपाल आएपछि उनको खानाको अनुभव बडो रोमाञ्चक थियो । ‘कसैले भने हुन्थ्यो नि हामी ब्रेकफास्ट खादैनौं । सिधैं साढे ९ बजे भुजा खान्छौं भनेर मानसिक रुपमा तयार हुन्थ्यो होला ! आर्मीको परिवार साढे ९ बजेर बोलाएर खाने कुरा टक्र्रयाँइयो’, उनले भनिन्, ‘अण्डा, टोस्ट पर्खें । यत्रो यत्रो छाप्रीभरी भुजा, दाल, मासु, तरकारी, अचार हेर्दा खेरी त चकित भए !’ अहिले भने उनलाई संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन सक्दैन रे ।  राणा परिवारमा पाक्ने परिकारबारे उनलाई श्रीमनको घरको भान्छे चिनियाँ चम्पाले सिकाइन् । जो राणा खान्दनमा स्वादिलो खाना पकाउनमा प्रख्यात थिइन् । उनैसँगै सिकेपछि उनलाई पुस्तक लेख्ने योजना फुरेको हो । ३५ वर्ष अगाडी नै उनले पुस्तक लेख्न थालेको बताइन् । ‘बच्चाहरु स्कुल जाने, कलेज जाने । यो भन्यो त्यो भने । किताब बसेको बस्यै भो । बच्चाहरुको विहेपछि लाग्यो अब किन किताब नलेख्ने’, उनले सुनाइन् । ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ मा सय परिकार आफ्नै घरको समावेश गरेकी उनले जानकारी दिइन् । राणा परिवारको परिकारबारे लेखिएको पुस्तक प्रकाशनको समय विश्वव्यापी कोराना भाइरसको संक्रमण फैलिइरहेको थियो । प्रकाशकले पुस्तकको विक्री नभएको भन्दै तत्काल प्रकाशन गर्न मानेन् । १० महिना किताब छाप्न प्रतिक्षा गर्नुप¥यो उनले । जुन समय रोहिणीलाई लाग्छ जिन्दगीकै निराश समय थियो । उनले कोरोनाको बेला नै सोच्न थालिन्, ‘अब हिमाल, पहाड, तराईमा पाक्ने परिकारबारे किन नलेख्ने ?’ त्यसपछि रिसर्चमा लागेको उनले बताइन् । ‘धेरै अनुसन्धान गरे । एउटा एउटा थरको’, उनले भनिन् । ति परिकारबारे हेरक भन्छामा पुगेर चम्चा चम्चा नापेर पुस्तले लेखेको उनले बताइन् । उनले बेमौसमी तरकारीका उत्पादन बढ्दा अस्वस्थ्यकर खाना खानुपरेको उल्लेख गरिन् । जंकफुडका कारण पनि बालबालिका अस्वथ्य बन्दै गएको रोहिणीको भनाइ छ । 
 

सोमबार ७ फागुन २०८० ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया