images

काठमाडौंका मेयर शाहब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँमहानगरपालिकाकाप्रमुखबालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भागलिनब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भागलिन सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् ।
बैठक सम्पन्न गरेर उनीअसार ८ गते स्वदेश फर्किनेछन् । प्रमुखका साथमापूर्वाधार सल्लाहकार सुनिललम्साल छन् । 
प्रमुखशाह मेट्रोपोलिस निर्देशकबोर्डको सदस्यहुन । मेट्रोपोलिस विश्वका ठूला महानगरहरुकाबिचमाविश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधानआदानप्रदान गर्ने, सामुहिकआवाजवुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्थाहो ।   
प्रमुखशाहलाई महानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत प्रदीप परियार, स्वकीय सचिवभूपदेव शाह, सचिवालय सदस्यधिरज जोशी र नविन भण्डारीले त्रिभुवनविमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए । 
सहरी आवास र भवनहरुको विषयनिर्देशकबोर्डमा छलफलको मुख्यविषय रहेको छ । सहरमा आवासकाचुनौतीलाई सामना गर्न, सभ्य र सहजआवाससँग सम्बन्धितविषयमा छलफल गरेर निर्देशकबोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुखशाहले सम्बोधन गर्नेछन् । 
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’शीर्षकमाबुधबार हुने आवास र भूमितथामहानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीतिवहस’ मा प्रमुखशाहले प्यानलिष्टका रुपमाधारणा प्रस्तुत गर्नेछन् । 
सहरी आवासकाआयाम, अभाव र प्रभावतथाजलवायु जोखिम घटाउन विश्वव्यापी साझाकार्यक्रम, पर्याप्तपूर्वाधार, कमकार्बन फुटप्रिन्ट र समुदायकाप्रत्येक सदस्यको विविधआवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीतिवहस हुनेछ । 
 

सोमबार ३ असार २०८१ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया