images

चीनले शुरू गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने

चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजीले विश्वको सबैभन्दा छिटो इन्टरनेट सेवा शुरू गरेको छ। कम्पनीले आफ्नो नेटवर्क १.२ टेराबिट (Tb)प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्षम रहेको दाबी गरेको छ। हुवावे टेक्नोलोजीका उपाध्यक्ष वाङ लेईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, ‘यो नेटवर्कले एक सेकेन्डमा १५० हाई-डेफिनिसन (एचडी) चलचित्र बराबरको डाटा ट्रान्समिट गर्न सक्छ। यसबाहेक, यसले नेटफ्लिक्सको विश्वव्यापी कन्टेन्ट पठाउन सक्छ।’ एक टीबीमा १०२४ जीबी हुन्छ। परीक्षणको लागि जुलाइमा एक्टिभ गरिएको यो इन्टरनेटलाई अब भने आधिकारिक रूपमा लन्च गरिएको छ। नेटवर्कले सबै अपरेशनल टेस्ट पास गरेको छ। यसका लागि सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पोरेशनले मिलेर काम गरेका थिए।

बिहीबार ३० कात्तिक २०८० ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया