images

नेपालीश्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालकालागिकतारका राजदूतमिशालविन मोहम्मदएलएई अन्सारीबिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्रीअर्यालले नेपालीश्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे ।  ‘हामी सीपयुक्त नेपालीश्रमिक रोजगारीमा पठाउन र नेपालीश्रमिकलाई सिपयुक्तबनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमातपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भने । त्यस्तै, कतारले नेपालीश्रमिकलाई रोजगारीको लागिअवसर दिएकोमा पनिमन्त्रीअर्यालले धन्यवाददिए । ‘कतारले नेपालीश्रमिकलाई समानव्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थितश्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने । नेपालकालागिकतारका राजदूतमिशालविन मोहम्मदएलएई अन्सारीले नेपालकतारको दोस्रो ठूलो स्रोत मुलुकभएको बताए । कतारको विकासमा नेपालीश्रमिकको ठूलो योगदान रहेको बताए । त्यसैले नेपालीश्रमिकको सीप विकास लागिकतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारे । ‘नेपालीश्रमिकको सिपविकासकालािग के के गर्नुपर्छ, प्रस्तावल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने । 
भेटका क्रममाकतार सरकार प्रमुखअमिर शेखतमिम बिन हमादअलथानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमाबिषयमापनि छलफल भएको थियो । कतारमा तीनलाख ६७हजार ३८९ नेपालीश्रमिक छन् । जसमध्ये पुरुषको संख्यातीनलाख ५१ हजार ८३४ छ भने महिलाश्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासीश्रमिकको लागिपनिन्यूनतमपारिश्रमिकलागू गरेको छ ।
 

मङ्गलबार ४ बैशाख २०८१ ०७:०१ PM मा प्रकाशित

प्रतिक्रिया