images

छोरी सुहानाकालागिशाहरुखको दुईसय करोड लगानी

मुम्बई।अभिनेताशाहरुखखानयतिबेला सुजोय घोषको एक्सनफिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहानाखान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् । फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हालप्रि–प्रोडक्सनचरणमा रहेको फिल्ममाशाहरुखले दुईसय करोड लगानीगर्दैछन् । फिल्मकालागिशाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलो स्केलमाबनाउनकालागिकुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्मातातथानिर्देशक सिद्धार्थ आनन्द केहीअन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् । सिद्धार्थ रशाहरुखएकसाथमिलेर फिल्मलाई ग्लोबल एक्सनथ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मकालागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिनचाहिरहेका छन् । फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामीवर्षको ६ महिनामायसलाई दर्शकमाझल्याउने योजनामा छन् । सुहानाले गतवर्ष नेटफ्लिक्समा रिलिजफिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकीथिइन् । फिल्ममाउनले वेरोनिकाको भूमिकानिभाएकीथिइन् ।
 

मङ्गलबार ४ बैशाख २०८१ ०७:०८ PM मा प्रकाशित

प्रतिक्रिया