काठमाण्डाै र ललितपुरका विभिन्न ठाउँमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन आजदेखि तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन अहिले ८ बजेदेखि आउने सोमवार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि शनिवार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाण्डाै र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ । ६६ केभी  स्युचाटार–टेकु प्रसारण लाइन अहिले ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ ।