images

आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

काठमाडौं । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी प्रहरीले चैत २७ गते गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य विग्रिएको थियो ।  त्यसपछि अस्पताल भर्ना भएका डाँगीको निधन भएको हो । डाँगीको पार्थिव शरिरलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने राप्रपाले जनाएको छ ।
 

सोमबार ३ बैशाख २०८१ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया