आजदेखि घटयो बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सको ब्याजदर, कुनमा कति ?

 काठमाडौँ - वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, बिकास बैंकर्स्, नेपाल वित्तीय संस्था संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएको हो ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको संघका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखि लागू हुने गरी ब्याजदर घटेको छ’ उनले भने । 

जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ ।

यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्धती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ । यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् । उता, नेपाल वित्तीय संस्था संघ फाइनान्सले मुद्धती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।

संघले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखि लागू हुने गरी ब्याजदर घटाएको हो । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्धती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।