नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

 

काठमाडौँँ - देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय २५ जनाको पीसीआर र १५ सय ६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।