images

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । 
राष्ट्र बैंककाअनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदाबिक्रीदर भने घटेको छ।
यसदिनअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

बुधबार २६ असार २०८१ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया