images

तेस्रो नेपाल फेस्टिवल नागोया शनिबार उद्घाटन,आईतबार साँझसम्म जारी रहने

नागोया, जापान । तेस्रो नेपाल फेस्टिवल नागोयाको उद्घाटन भएको छ । जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर केसीको प्रमुख अतिथ्यतामा शनिबार उद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत सुवेदीले यो महोत्सव आयोजनाले हामी नेपाली नेपाली एक हौ भन्ने भावनालाई प्रतिबिम्बीत गरेको छ । जापानबासी नेपाली दाजुभाई दिदिबहिनी सबै मिलेर बसेका छौ भनेर एकताको सन्देश दिएको बताउनु भयो ।

हाम्रे देश नेपाल चिनाउने सगरमाथाको देश गौतम बुद्धको देश चिनाउने राम्रो अवसर भएको  बताउनु भयो । महोत्सवले हाम्र पर्व र परम्परा, कला र संगित, संस्कार र संस्कृती, पहिचान र प्रतिष्ठाको संरक्षण गर्न एकजुट भएको संन्देश दिएको राजदुत सुवेदीले बताउनु भयो । उक्त समारोहलाई सम्बोधन गर्दै आईची प्रिफेक्चरका गर्भनर हिडेयाकी ओमुराले तेस्रो नेपाल फेष्टिबल नागोयाले जापानमा नेपालीहरुको कला संस्कृती भाषा, संस्कार संरक्षणका लागि गरेको यो कार्य अत्यन्तै राम्रो भएको बताउनु भयो जापानी नागरीकले नेपाली नेपालको बारेमा जानकरी पाउने राम्रो अवसर भएको बताउनु भयो ।  

गैर आवासिय नेपाली संघ एनआरएन जापानका अध्यक्ष नविन न्यूरेले नेपाली कला सभ्यतालाइ जापान समक्ष पुर्याउन सबै नेपालीहरुले सम्पूर्ण रुपमा सहयोग गर्न अनुरोध गर्नू भयो ।

नेपाल र नेपालीको पहिचानलाई विदेशी समुदायमा चिनाउने उदेश्यले आयोजित तेश्रो नेपाल फेस्टिवल नागोयामा अत्यन्तै उत्साहजनक रुपमा नेपाली तथा जापानी र अन्य देशका नागरिकहरुको सहभागिता रहेको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिनु भयो ।

उद्घाटन कार्यक्रम  शनिवार कार्यक्रम शुरु हुन पूर्व  बिभिन्न भेषभूषामा सजिएका नेपाली समुदायका विभिन्न समुहहरुले झाँकी, बाजागाजा सहित  जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेस्टिभलमा नेपालका दुरदराजमा  प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु तथा नेपाली परम्पराका बाजा, नेपाली खानाका स्टलहरु अवलोकन गर्न सकिने फेस्टिभल संयोजक देव घिमीरेले बताउनु भयो ।

कार्यक्रमा नेपाली कलाकारका विभीन्न् प्रस्तुतीका अलावा जापानी कलाकारहरुको समेत प्रस्तुती रहेको थिायो । फेष्टिबल यही जुन ८ र ९ तारिक शनिबार र आईतबारसम्म संचालन हुने छ  । 

आइतबार​ २६ जेठ २०८१ ०७:०६ AM मा प्रकाशित

प्रतिक्रिया