images

ढुवानी व्यवसायी महासंघको घोषणाः राहत सामाग्रीहरु एक हप्तासम्म निःशुल्क ढुवानी

एक हप्तासम्मको राहत सामाग्रीहरु निःशुल्क ढुवानी गर्ने ढुवानी महासंघको घोषणा काठमाडौं । ढुवानी व्यवसायी महासंघ नेपालले भूकम्प प्रभावित क्षेत्रहरुमा पठाउने लत्ताकपडा, औषधी जस्ता अत्यावश्यक राहत सामाग्रीहरु १ (एक) हप्ता सम्मको लागि निःशुल्क ढुवानी गर्ने निम्ति सम्पूर्ण ट्रान्सपोर्ट ढुवानी व्यवसायीहरुलाई विशेष अनुरोध गरेको छ । आर्इतवर एक विज्ञप्ति जारी गर्दै भूकम्पले पुराएको जनधनको क्षतीप्रति दुःख व्यक्त गर्दै , घाइतेहरु उद्धार र राहत वितरणलाई प्रभावकारी भन्दा समेत सम्पूर्णमा अपिल गरेको हो । महासंघ महासचिव अरुण श्रेष्ठकाअनुसार जाजरकोट र रुकुम पश्चिम भुकम्पले देशनै दुःखित भएको बेलामा सरकारको मात्रै मुख ताकेर बस्नु उचित नहुने र बिपत्तिको बेलामा मलम लगाउने उद्देश्यका साथ एक हप्ता सम्म लत्ताकपडा , औषधिजन्य र अत्यावश्यक राहत सामग्रीहरुको ढुवानी निः शुल्क गर्ने निर्णय गर्दै सम्पूर्ण सघहरुलाई पत्राचार गरिएको बताए । निःशुल्क ढुवानी सेवाका लागि महासंघले काठमाडौंमा तीन स्थान सहित काठमाडौं बाहिर, वीरगञ्ज ,इटहरी , नेपालगञ्ज ,विराटनगर ,रुपन्देही , झापाको बिर्तामोड , चितवन , धनगढी , उदयपुर , दाङ , हेटौंडा , पोखरा र बाराबाट प्रदान गरिने व्यवस्था मिलाएकोमहासचिव श्रेष्ठको प्रष्ट पारे । साथै शनिबारनै सुर्खेत र नेपालगन्जबाट २ लाख हाराहारीको चार ट्रक अत्यावश्यक सामाग्री जाजरकोटमा नि: शुक्ल ढुवानी समेत गरिएको महासंघ जनाएको छ ।

सोमबार २० कात्तिक २०८० १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया