images

हिन्दु–मुस्लिमयुवाहरुको झडपले सुनसरी अशान्त

सुनसरी ।हिन्दु र मुस्लिम समुदायकायुवाहरुको झडपले उग्र रुप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ । दुवै पक्षको हुलका कारण कुरक्षाकर्मी पछि हट्नुपर्ने स्थितिको सिर्जना भएको भएको उल्लेख गर्दै सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको जनाएको छ । कायममुकायमप्रमुखजिल्लाअधिकारी वेदराजफुँयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउननसकेको बताउँदै स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । भुटाहामा हिन्दु युवामाथिमुस्लिमयुवा समूहले कुटपिट गरेका थियो ।  घाइते जीवनमेहता धरानमाउपचाररत छन् । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीयहिन्दु समूहले उक्त घटनाको विरोधमाबिहानैबाट प्रदर्शन चर्काएकाथिए। यसैबिचअवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ । दलीयप्रतिनिधिसहितको उपस्थितिमाप्रशासनकार्यालयमा बसेको बैठकले अनियन्त्रितबन्दै गएको भिडलाई संयमताअपनाउनपहल गरिदिन सरोकारवाला समक्षआग्रह गरेको छ । कोशीप्रदेशकातीन वटै सुरक्षानिकायका डीआइजीसमेतको उपस्थितिमाइनरुवामा सम्पन्न बैठकले अवस्थाथप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनीदिएको छ ।
 

शुक्रबार​ २३ चैत २०८० ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया