images

एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो । शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल भइरहेको छ । 
 

आइतबार​ २१ माघ २०८० ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया