images

प्रेस चौतारी झापाले पूर्व अध्यक्ष दाहाललाई सम्मान गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए । झापामा प्रेस चौतारीले माघ २२ गतेलाई स्थापना दिवसकोरुपमा मनाउँदै आएको छ । यो वर्ष स्थापना दिवसको सन्दर्भमा बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा विभिन्न कार्यक्रमसहित पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो । स्थापना दिवसमा चौतारीले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको छ । बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको छ । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच गरिने छ ।

आइतबार​ २१ माघ २०८० ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया