'दिमाख खराब' जापानको ओसाकामा माईला गाईजले प्रदर्शन गर्दै ।

जापान, ओसाका  । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को जापानको ओसाकामा माईला गाईज समुहले गर्ने भएको छ । यही नोभेम्बरको २६ तारिक मंसिर १३ गते  ओसाकाको अबेनो कुमिन सेन्टर, तेननोजीको हलमा प्रर्दशनीको तयारी गरिरहेको माईला गाईजका सदस्य समुन्द्र पौडेलले जानकारी दिनु भयो ।

पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको सामाजीक तथा राजनितिक ड्रामा र एक साधारण व्यक्ति कसरी देशमा भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने कथा देखाइएको छ ।चलचित्र दिमाख खराबमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ ।


टिकटको लागि ओसाकाको विभन्न नेपाली किराना पसल तथा नेपाली रेष्टुरेन्टहरुमा उपलब्ध रहेको माईला गाईजका सदस्य  पौडेलले जानकारी दिनु भयो । 

नेपालमा कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लुट २’ पछि निर्देशक निश्चलको पुनरागमनलाई महत्वका साथ हेरिएको छ ।

फिल्ममा विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का आदिको अभिनय छ । सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, बाबुल गिरी र जयन वाइबाको संगीत, राजकुमार उप्रेतीको एक्सन र कोरियोग्राफी रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।


त्यस्तै फिल्मको कूल मुनाफाको ५ प्रतिशत नेपाल क्रिकेट संघ क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ। यस विषयमा आइतबार निर्माता रौनक विक्रम कँडेलले र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए। क्यानसँग मिलेर फिल्मका टिमले कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं भन्ने नारा पनि बनाएको छ।