images

लापसे गरी सवारी चलाउने चार जना चालकनियन्त्रणमा

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकाछुट्टाछुट्टै स्थानबाट शुक्रबार राती ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । 
काठमाडौंको नागढुङगाबाट हिजो बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका –१४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका –८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, काठमाडौंकै बल्खुबाट पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१(०२५ च ७८ ७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोकका २५ वर्षीय सफल श्रेष्ठलाई पनि हिजो साँझ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दालागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
 

शनिबार १९ फागुन २०८० ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया