images

‘५ वर्षमा कतिपटक लिनुहुन्छ विश्वासको मत ?’

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमतीप्रदेश सभाका संसदीयदलका नेता उद्धव थापाले एमाले र हाम्रो नेपाली पार्टीका नेताकाचरित्रप्रतिव्यंग्य गरेका छन् । प्रदेश सभा बैठकमा सोमबार मुख्यमन्त्रीशालिकरामजम्कट्टेलले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिभएको छलफलमा उनले प्रमुखदलले प्रणाली नै बिगारेको बताए । उनले भने ‘तीनपल्ट भयो । ५ वर्षमा कतिपटक लिनुहुन्छ विश्वासको मत ?’  केही समयअघि एमालेका अध्यक्ष केपीओलीले माधव नेपालको नामलिँदामुखकुल्लागर्नुपर्ने दिएको अभिव्यक्तिप्रतिइंगितगर्दै उनले शीर्ष नेताहरुको भनाइ र गराइमाथि कटाक्ष गरे । यस्तै हाम्रो नेपाली पार्टीका संसदीयदलको नेताको चरित्रप्रतिउनले कटाक्ष गरेका छन् । एक वर्षसम्म जम्मकट्टेल सरकारलाई विश्वासको मत दिएको हानेपाले गतहप्ता समर्थन फिर्ता लिएको थियो । तर तीनदिननबित्दै मन्त्रीनियुक्तभएकोमा थापाले सोधे – ‘यस्तो कसरी हुन्छ ?’  ‘हिजोसम्मतथानामभनेका नेताहरू आज सँगैसँगै मिलेको देख्छु । नामलिँदाकुल्ला गर्छु भन्ने नेताहरू आज एकै ठाउँमा हुनुहुन्छ । यो प्रणालीको समस्याहो,’उनले भने, ‘एक हप्तासम्म मत दिन्नभन्ने, एक दिनमै मन्त्रीबन्ने, यो कस्तो अवस्थाहो ? यो प्रणालीको समस्याहो ।’ यस्तै उनले प्रदेशकामुख्यमन्त्रीजम्मकट्टेलले १६ महिनामा तेस्रोपटक विश्वासको मत लिएकोमा पनिप्रश्न गरे । ‘निर्वाचनको बेला गठबन्धन बनाएर जानुभयो ।पहिलो पटक ४ मतबाहेक सबै मत पाउनुभयो । मुख्यमन्त्रीले के गर्न खोज्नुभएको थाहा छैन । दोस्रोपटक ६७ मत पाउनुभयो । अहिले कति मत पाउनुहुन्छ हेर्नुपर्छ,’ उनले भने,‘२० वर्ष जान्छ भनेको गठबन्धन एक वर्ष पनि टिकेन । यसले कस्तो राजनीतिसिर्जना गर्दै हुनुहुन्छ ?विश्वासको मत पाँचवर्षसम्म कति पटक लिनुहुन्छ ?’ 
 

सोमबार १९ चैत २०८० ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया