images

बागमतीर गण्डकीमा शुक्रबारसम्ममध्यम वर्षा

काठमाडौं । बिहीबार रातीदेशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमाआंशिकबदली रहने मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहितहल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशकाबाँकीभूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहितहल्का वर्षाको सम्भावना छ । देशकाउच्च पहाडी तथाहिमाली भू–भागकाथोरै स्थानहरुमाहल्काहिमपातको सम्भावना छ । मौसमविद् विनोद पोखरेलकाअनुसार आज र भोलि गण्डकी, बागमती र कोशीप्रदेशमाहल्का देखि मध्यम वर्षा हुने देखिन्छ । शनिबार पश्चिमीवायुले देशभर नै पहाडी र हिमाली भेगमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि मौसममा केही सुधार भएपनि केही पहाडी भेगमाअझै वर्षा हुने देखिन्छ । शुक्रबार उच्च पहाडी तथाहिमाली भू–भागकाथोरै स्थानहरुमाहल्काहिमपातको सम्भावना छ ।
 

बिहीबार १५ चैत २०८० ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया