images

श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ

काठमाडौं । श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । कन्चनपुरको भिमदत्तनगरपालिका–१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन् । 
बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलेआज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकालीप्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाबारेथप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

बिहीबार १५ चैत २०८० ०७:२१ PM मा प्रकाशित

प्रतिक्रिया