images

एनआरएनको लगानी भित्राउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छ: उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्राउन आवश्यक सबै नीति र कानूनमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । 
त्यसका लागि आवश्यक नीति र कानूनहरूमा संशोधन गरेर बातावरण तयार गर्न समेत सरकार तयार रहेको उनको भनाइ थियो । ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुप¥यो,’ भेटमा मन्त्री भण्डारीले भनेका थिए ।
नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको दाबी गर्दै मन्त्री भण्डारीले बढी भन्दा बढी लगानी भित्राउन गैरआवासीय नेपालीहरुले जोड दिनुपर्ने बताए । सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
 

शुक्रबार​ ९ चैत २०८० ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया